भैरहवाको बेलहिया नाका भोलि विहानसम्म नखुल्ने – Nepal Press

भैरहवाको बेलहिया नाका भोलि विहानसम्म नखुल्ने

रूपन्देही । रूपन्देहीको (बेलहिया–सुनौली) नाका २४ घन्टाका लागि बन्द गरिएको छ । रुपन्देहीसँग सीमा जोडिएको भारत उत्तर प्रदेश राज्यको महाराजगञ्ज जिल्लामा गाउँ पञ्चायतको निर्वाचनका लागि आज मतदान भएकोले नाका हिजोदेखिनै बन्द भएको हो ।

नाका भोलि विहानदेखि खुल्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले बताए । उनले नाकाबाट आवत–जावत गर्न नपाईने तर, बिरामीहरुको हकमा भने सुरक्षा अधिकारीहरुसँगको समन्वयमा व्यवस्था मिलाइने जानकारी दिए ।

निर्वाचनका कारणले आइतबार देखिनै सुनौली बजार सुनसान थियो। औषधि पसलहरु मात्र खुलेका थिए । अति आवश्यक काम रहेकालाई सोधपुछ गरी वारीपारी गर्न दिइएको थियो । भारतमा कोरोना भाइरस संक्रमण बढदै जाँदा भारतीय पक्षले नाकामा कडाई गर्दै आएको छ । सिमावर्ती भारतीय गाउँ पञ्चायतमा निर्वाचन भएपछि सुरक्षा गस्ती समेत बढाइएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर