बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु, के-के छन् एजेण्डा ? – Nepal Press

बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु, के-के छन् एजेण्डा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक अहिले विहान बोलाएका छन् । नियमित बैठकमा कोभिड नियन्त्रण रोकथामका लागि सीसीएमसीले गरेको सिफारिसमाथि छलफल हुने बताइएको छ ।

त्यस्तै संसदको हिउँदे अधिवेशन अन्त्य र जनता समाजवादी पार्टीले उठाएका कतिपय मागहरुको बारेमा समेत मन्त्रिपरिषद बैठकले निर्णय गर्न सक्ने बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक नियमित हो ।

जनता समाजवादी पार्टी र सरकारबीच मधेश आन्दोलनका बेलाका मुद्दा फिर्तादेखि संविधान रिभ्यू आयोग गठन लगायतका विषयमा सहमति नजिक पुगेको भनिएका बेला कतिपय निर्णय मन्त्रीपरिषदबाटै गर्नुपर्ने छन् ।

मन्त्रिपरिषद बैठकपछि बालुवाटारमै एमाले केन्द्रीय समिति बैठक बस्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर