दौरा–सुरुवालमा ठाँटिएका बादललाई प्रधानमन्त्रीको ‘थम्स अप’ – Nepal Press

दौरा–सुरुवालमा ठाँटिएका बादललाई प्रधानमन्त्रीको ‘थम्स अप’

काठमाडौं । राष्ट्रिय सभाको सांसद पद खारेज भएर मन्त्रीबाट पदमुक्त भएलगत्तै रामबहादुर थापा बादललाई प्रधानमन्त्रीले सोही पदमा पुनः नियुक्ति दिए । आजै उनले सपथग्रहण गरिसकेका छन् ।

जब पूर्वमाओवादी नेताहरु मन्त्री बनेर सपथग्रहण गर्छन्, धेरैको ध्यान उनीहरुको पोशाकतर्फ तानिने गरेको छ । किनकी माओवादी पृष्ठभूमिबाट आएका धेरै नेताले अहिलेसम्म पनि दौरा–सुरुवाललाई स्वीकारेका छैनन् र उनीहरु मन्त्री भएपछि पनि आफूखुशी पोशाक लगाउँछन् । तर, गृहमन्त्री बादलले भने आज दौरा सुरुवालमै ठाँटिएर सपथ ग्रहण गरे । यसअघि यदाकदा उनले दौरासुरुवाल लगाएको देखिए पनि सपथमा भने पहिलोपटक लगाएका हुन् ।

गृहमन्त्री बादललाई सपथ ग्रहण समारोहमा राष्ट्रिय पोशाकमा देखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खुशीको भाव प्रकट गरे । उनले बादललाई बुढी औंलो ठड्याएर ‘थम्स अप’ दिएका थिए । मौखिक रुपमा चाहिँ केही भनेनन् ।

माओवादीबाट एमाले भएका नेताहरुमा देखिएको परिर्वतनको यो एउटा दृष्य हो । यसअघि पूर्वमाओवादीकै मन्त्री टोपबहादुर रायमाझीले पुनः नियुक्ति हुँदा दौरा सुरुवाल लगाएका थिए । लेखराज भट्ट र प्रभू शाहले भने अरु नै पोशाक लगाएर सपथ खाएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर