नेपाल पक्षको निवेदनबारे निर्वाचन आयोग- दलका हरेक आन्तरिक निर्णयमा प्रवेश गरिरहन पर्दैन – Nepal Press

नेपाल पक्षको निवेदनबारे निर्वाचन आयोग- दलका हरेक आन्तरिक निर्णयमा प्रवेश गरिरहन पर्दैन

काठमाडौं । नेकपा एमालेको आधिकारिकता दावी गर्दै माधव नेपाल पक्षले निर्वाचन आयोगमा गएको छ। यसप्रति आयोगले प्रराम्भिक प्रतिक्रिया जनाउँदै निवेदन बुझेको तर यसलाई नै कारबाहीको विषय बनाउन नसकिने बताएको छ ।

प्रमुख आयुक्त दिनेश थपलियाले फागुन २८ मा गरेको निर्णयबारे सम्बन्धित दलले अयोगमा कुनै जानकारी नदिएको बताए। नेपाल प्रेससँग थपलियाले भने, ‘उहाँहरुले निवेदन दिएपछि हामीले बुझेका छौं। तर, उहाँहरुले दावी गरे अनुसार कुनै निर्णय भएको भनेर आयोगमा जानकारी अएको पनि छैन् । र, राजनीतिक पार्टीका हरेक आन्तरिक निर्णय आयोगमा अभिलेख हुनैपर्छ भन्ने पनि छैन्।’

थपलियाले दलका आन्तरिक निर्णयमा पसरहन आवश्यक नभएको समेत बताए । उनले भने, ‘दलका हरेक आन्तरिक निर्णयमा आयोग प्रवेश गरिरहन पर्दैन् । यो विषय पनि त्यस्तै हो।’

नेपाल पक्षीय नेताहरु राजेन्द्र पाण्डे र बेदुराम भुसाल आयोगमा गएर राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ को (ख) र (ग) र ४४ को (१) अनुसार कारवाही प्रक्रिया अघि बढाउन लिखित निवेदन दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर