पोखरीमा डुबेर बालकको मृत्यू – Nepal Press

पोखरीमा डुबेर बालकको मृत्यू

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका १२ गोठ कोयलपुरको नक्कु पोखरीमा डुबेर एक बालकको मृत्यू भएको छ । नुहाउने क्रममा पौडी खेल्न नसक्दा स्थानीय रामशरण साहका १२ वर्षका छोरा अमित साहको मृत्यू भएको प्रहरीले जनाएकाे हो ।
मृतक बालकको शव पोखरीबाट निकालेर पोस्टमार्टमका लागि जनकपुर ल्याइदैछ । अहिले घटनास्थलमा स्थानीयको भीड लागेको छ । गर्मीयाम सुरु भएपछि तराई, मधेशको पोखरीमा डुबेर धेरै मानिसको मृत्यु हुनेगर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *