कर्णालीका नवनियुक्त मन्त्रीले लिए शपथ – Nepal Press

कर्णालीका नवनियुक्त मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मतदान गरेका एमालेको माधव नेपाल समूहका तीन जना मन्त्रीले शपथ लिएका छन ।

प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकास मन्त्रीमा अम्मरबहादुर थापा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा कुर्मराज शाहीलाई प्रदेश प्रमुखले शपथग्रहण गराएका हुन् ।

समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही , सभामुख राजबहादुर शाहीलगायतका उच्च पदस्थ अधिकारीको उपस्तिथि थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर