प्रदेश पूर्वाधारसम्बन्धी विधेयक प्रमाणीकरण – Nepal Press

प्रदेश पूर्वाधारसम्बन्धी विधेयक प्रमाणीकरण

रुपन्देही । लुम्बिनी प्रदेशसभाको ५ दिन संचालन भएर अन्त्य भएको हिउँदे अधिवेशनले पारित गरेको एक विद्येयक प्रदेश प्रमुख धर्मनाथ यादवले प्रमाणीकरण गरेका छन् ।

सातौं अधिवेशनबाट पारित प्रदेश पूर्वाधार विकास प्राधिकरणको स्थापना र संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक यादवले आइतबार प्रमाणीकरण गरेका हुन् ।

प्रदेशसभाबाट २०७७ चैत २४ गते पारित भएको यो विद्येयक लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले आइतबार प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरन्जिवी पौडेलले जानकारी दिए ।

नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम यो विद्येयक प्रमाणिकरण भएको पौडेलले बताए । चैत १८ गतेदेखि शुरु भएको सातौं अधिवेशन यो विद्येयक पारित गरेर ५ दिनमा नै अन्त्य भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *