सुविसुका ग्राहकले १ लाखसम्मको स्वास्थ बीमा निःशुल्क पाउने – Nepal Press

सुविसुका ग्राहकले १ लाखसम्मको स्वास्थ बीमा निःशुल्क पाउने

काठमाडौं । टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुविसु केबलनेट प्रा. लि ले नयाँ वर्षको अवसरमा ग्राहकहरूका निम्ति ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अफर प्रस्तुत गरेको छ ।

यस योजनाअन्तर्गत सुविसुका ग्राहकले एक लाखसम्मको निःशुल्क स्वास्थ बीमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

स्वस्थ जीवनको महत्वलाई ध्यानमा राख्दै कम्पनीले इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभी सेवाको नयाँ जडान तथा नवीकरणमा एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा प्रदान गर्ने भएको हो । सेवा २० एमवीपीएसभन्दा माथिको ब्याण्डयुथमा लागु हुने कम्पनीले जनाएको छ ।

कम्पनीले स्वास्थ्य बीमाको लागि शिखर इन्स्युरेन्ससँग सहकार्य गरेको जनाएको छ । यस अफरअन्तर्गत ग्राहकहरूले नेपाल र भारतमा उपचारार्थ ग्राहकलाई एक लाखसम्मको स्वास्थ्य बीमा प्रदान गर्ने भएको हो । आकस्मिक स्वास्थ्य उपचारमा हुने आर्थिक भारलाई यसले राहत दिने कम्पनीले बताएको छ ।

सुविसु केबलनेट प्रा. लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पी.एल.एस भी.पी.एन. एस व्यान एथर्नेट होलसेल आई.पी ट्रान्जिट, एम.भी. पी डाटा सेन्टर सोलुसनजस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन प्रदान गर्दै आएको छ ।

नेपालको पहिलो डिजिटल केवल टिभि ‘क्लियर टिभि’ मार्फत मार्फत सुविसुले सेवा प्रदान गर्दै आएको छ । जसले एमपीईजी फोर स्टाण्डर्ड र हाइ डेफिनेसन केबलमार्फत, कन्डिसनल एक्सेस स्टिमको प्रयोग गरी सेटअप बक्सको माध्यमबाट प्रसारण गर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर