तयारी नपुगेको भन्दै कांग्रेस बैठक स्थगित – Nepal Press

तयारी नपुगेको भन्दै कांग्रेस बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक सोमबारका लागि सारिएको एक नेताले जानकारी दिए।

महाधिवेशन तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । बैठक तयारी नपुगेको भन्दै स्थगित भएको हो । तर, शीर्ष नेताहरू भने छलफलमै छन् ।

पटक-पटक म्याद थप गर्दा समेत सबै जिल्लाले क्रियाशील सदस्यता इन्ट्री गर्न सकेका छैनन् । क्रियाशील सदस्यता इन्ट्री गर्ने अन्तिम म्याद चैत मसान्तलाई तोकिएको थियो । तर, तोकिएको समयसीमामा केही जिल्लाले इन्ट्री थालेका छैनन् । क्रियाशील सदस्यता तोकिएको समयमा इन्ट्री शुरू नहुँदा महाधिवेशनको कार्यतालिका नै परिवर्तन गर्नुपर्ने स्थिति छ ।

कार्यतालिका हेरफेरको विषयमा शीर्ष नेताहरूबीचमा मतभेद देखिएपछि बैठक स्थगित भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

यस्तै चैत २० गते प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको कांग्रेस कसरी अघि बढ्नेमा अन्योलमा देखिन्छ । सत्ता समीकरणका विषयमा समेत कसरी अघि बढ्ने भन्ने विषयमा शीर्ष नेताहरू एकमत छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर