कैलालीमा १० दिन विद्यालय बन्द गर्न प्रशासनको आग्रह – Nepal Press

कैलालीमा १० दिन विद्यालय बन्द गर्न प्रशासनको आग्रह

कैलाली । कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले १० दिन विद्यालय बन्द गर्न अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले कैलालीमा १० दिन विद्यालयहरू बन्द गर्न स्थानीय तहहरूलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

‘कैलाली अति प्रभावित क्षेत्रमा परेको हुँदा १० दिन विद्यालय बन्द गर्न अनुरोध गरेका छौँ’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने ‘त्यसलाई कार्यान्वयन गर्ने अधिकार स्थानीय तहहरूलाई छ ।’

उनले सोमबार देखि लागू हुने गरी अनुरोध गर्ने निर्णय गरेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *