माओवादीले बोलायो स्थायी कमिटी बैठक – Nepal Press

माओवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक डाकेको छ ।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा सोमबार दिउँसो १ बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले नेपालप्रेसलाई बताए ।

भोलिको बैठकको सम्भावित एजेण्डा जानकारी गराउँदै साहले पार्टी सांगठानिक संरचना निर्धारणबारे कार्यदलको सुझाव, सरकारलाई दिएको समर्थन फिर्ता र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल हुने बताए ।

कर्णाली प्रदेशमा एमालेको माधव पक्षले आफ्नो पार्टीलाई सरकार टिकाउन साथ दिएपछि प्रचण्डकले केन्द्र सरकार पनि केही दिनमै फेरबदल हुने बताउँदै आएका छन् । आइतबार चितवनको माडीमा उनले आजै बेलुका राजनीतिक दलहरूसँग महत्वपूर्ण बैठक हुन लागेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर