नेदरल्यान्ड्ससँग मलेसिया १५ रनले पराजित – Nepal Press

नेदरल्यान्ड्ससँग मलेसिया १५ रनले पराजित

काठमाडौं । म्याक्स ओडाउटको कीर्तिमानी शतकप्रेरित नेदरल्यान्ड्सले ट्राई नेसन ट्वान्टी-२० सिरिजमा मलेसियालाई १५ रनको नतिजामा पराजित गरेको छ।

विस्फोटक ब्याटिङ गरेका ओडाउटले टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि पहिलो शतक बनाएका थिए । उनको उत्कृष्ट इनिङमा नेदरल्यान्ड्सले १९१ रनको योगफल तयार गरेको थियो ।

कप्तान पिटर सेलारको ९६ रनको कीर्तिमान तोड्दै नेदरल्यान्ड्सका लागि एकै खेलमा सर्वाधिक रन (१३३ अविजित) बनाउने खेलाडी ओडाउट बनेका थिए ।

यसअघि कप्तान सेलारले स्कटल्यान्डविरुद्धको खेलमा ९६ रनको बनाएका थिए ।

नेदरल्यान्डका लागि ओपनिङमा आएका ओडाउटले ७३ बलमा १५ चौका र ६ छक्का प्रहार गरेका थिए । त्यस्तै, विकेट किपर ब्याट्सम्यान स्कट एड्वार्ड्सले ३१ तथा बेन कुपरले अविजित २० रन बनाए ।

मलेसियाका लागि पवनदीप सिंह र अनवार रहमानले १/१ विकेट लिए ।

१०२ रनको  जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७६ रन मात्रै बनाउन सक्यो । मलेसियाका लागि बिरन्दीप सिंहले ५३ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८७ रन बनाएका थिए । त्यस्तै, सार्बिन मुनियान्दीले २८ तथा अमिनुद्धिन राम्लेले २६ रन बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

नेदरल्यान्ड्सका लागि आर्यन डट, बास डी लिट र सेबास्टियन ब्राटले २/२ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *