सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा छौं : प्रचण्ड – Nepal Press

सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा छौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारलाई ठेगान लगाउने अन्तिम कसरतमा आफूहरू रहेको बताएका छन् ।

चितवनमा एक कार्यक्रममा बोल्दै प्रचण्डले त्यसका लागि आजै बेलुका राजनीतिक दलहरूसँग महत्वपूर्ण वार्ता हुने जनाए । उनले भने, ‘अहिले बोल्दै गर्दा र घडी हेर्दै गर्दा (घडी हेरेर) म काठमाडौं पुगेर पार्टीहरूको बैठक बस्दैछ । निरंकुश, स्वेच्छाचारी, असंवैधानिक र अलोकतान्त्रिक सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा छौं ।’

उनले गणतन्त्र धरापमा परेको भन्दै परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने प्रमुख पात्र प्रचण्डलाई सिध्याउन खोजिएको दावीसमेत गरे ।

‘सबै ल्याएको प्रचण्डले हो यसलाई सिध्यायो भने सबै सकिन्छ भनेर केपी ओलीले भनिराखेका छन्’, प्रचण्डले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर