कैलालीमा हाइस र जिप ठोक्किँदा ९ जना घाइते – Nepal Press

कैलालीमा हाइस र जिप ठोक्किँदा ९ जना घाइते

कैलाली । कैलालीमा हाइस र जिप ठोक्किँदा ९ जना घाइते भएका छन् ।

जिल्लाको गोदावरी नगरपालिका ४ तेघरीमा सुदूरपश्चिम प्रदेश ०१००१ ख २६२३ नम्बरको हाइस र ग १ च ७९६३ नम्बरको जिप एक आपसमा ठोक्किएका हुन् ।

आइतबार बिहान अत्तरियाबाट डडेल्धुरातर्फ गइरहेको हाइससँग विपरीत दिशाबाट आइरहेको जिप ठोकिँदा ९ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक गणेश उप्रेतीले जानकारी दिए ।

हाइसमा सवार ४ जना र जिपमा सवार ५ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू अत्तरियास्थित पद्मा अस्पतालमा धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर