ओडाउटको कीर्तिमानी शतकमा मलेसियालाई १९२ रनको लक्ष्य – Nepal Press

ओडाउटको कीर्तिमानी शतकमा मलेसियालाई १९२ रनको लक्ष्य

काठमाडौं । म्याक्स ओडाउटको कीर्तिमानी शतकप्रेरित नेदरल्यान्ड्सले ट्राई नेसन ट्वान्टी-२० सिरिजमा मलेसियालाई १९२ रनको लक्ष्य दिएको छ ।

विस्फोटक ब्याटिङ गरेका ओडाउटले नेदरल्यान्ड्सकै लागि पहिलो शतक बनाए । कप्तान पिटर सेलारको ९६ रनको कीर्तिमान तोड्दै नेदरल्यान्ड्सका लागि एकै खेलमा सर्वाधिक रन (१३३ अविजित) बनाउने खेलाडी ओडाउट बने ।

यसअघि कप्तान सेलारले स्कटल्यान्डविरुद्धको खेलमा ९६ रनको बनाएका थिए ।

नेदरल्यान्डका लागि ओपनिङमा आएका ओडाउटले ७३ बलमा १५ चौका र ६ छक्का प्रहार गरेका थिए । त्यस्तै, विकेट किपर ब्याट्सम्यान स्कट एड्वार्ड्सले ३१ तथा बेन कुपरले अविजित २० रन बनाए ।

मलेसियाका लागि पवनदीप सिंह र अनवार रहमानले १/१ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *