कांग्रेस बैठकमा के हुँदैछ ? – Nepal Press

कांग्रेस बैठकमा के हुँदैछ ?

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । दिउँसो २ बजेपछि सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने बैठकमा मुख्यतः पार्टीको क्रियाशील सदस्यता वितरण, महाधिवेशन कार्यतालिका संशोधन , निर्वाचन समिति संयोजक चयन र समसामयिक राजनीतिबारे छलफल हुनेछ ।

कांग्रेसले पटक-पटक संशोधन गरेपनि कार्यतालिका अनुसार क्रियाशील सदस्यता वितरणको काम हुन सकेको छैन । एकमात्रै निर्वाचन क्षेत्र भएका जिल्लाले चैत ३० गतेसम्म केन्द्रमा सदस्यता विवरण बुझाउनुपर्ने थियो । अन्य जिल्लाले बैशाख १० सम्म क्रियाशील सदस्यता केन्द्रमा बुझाउनुपर्ने भएपनि अझै केही जिल्लाले काम थालेका छैनन् ।

कांग्रेसले नयाँ र नवीकरण सदस्यताका लागि जिल्ला र क्षेत्रीय समितिलाई नै अनलाइन प्रणालीबाट सफ्टवेयरमा सूची अपडेट गर्न कार्यादेश दिएको छ । आजको बैठकमा क्रियाशील सदस्यता विवरण बुझाउन सुरु नगरेका जिल्लाका बारेमा निर्णय लिइने जनाइएको छ ।

यस्तै राष्ट्रिय राजनीतिका विषयमा पनि छलफल हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोजेर आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपछि कांग्रेसको पहिलो बैठक बस्न लागेको हो । बैठकमा हालसम्म भएका राजनीतिक छलफल र प्रगतिबारे सभापति देउवाले जानकारी गराउनेछन् ।

बैठकमा प्रदेशहरुमा भएको राजनीतिक गठबन्धन र केन्द्रमा ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने लगायतका विषयमा पनि छलफल हुने नेताहरुले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर