भारतमा मोटरसाइकल दुर्घटना हुँदा एक नेपालीको मृत्यु – Nepal Press

भारतमा मोटरसाइकल दुर्घटना हुँदा एक नेपालीको मृत्यु

कैलाली । सीमावर्ती बजारमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरका एक व्यक्तिको मृत्यु भएको छ ।

भारतको पिलिभित जिल्ला स्थित सम्पुर्णानगरमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुर बेलौरी नगरपालिका- ६ का ४२ बर्षिय राजु बोहराको मृत्यु भएको हो ।

दुर्घटनामा परि मोटरसाइकलमा सवार बेलौरी नगरपालिका -६ हात्तीबोझाका ३० बषीय शिव दत्त राना गम्भीर घाइते भएका छन् । भारतको लखिनपुर स्थित खीरी अस्पतालमा उपचार भइरहेको छ ।

से४प ८९२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *