भाउजुको हत्या गरेर आत्मसमर्पण गर्न पुगे प्रहरी कार्यालय – Nepal Press

भाउजुको हत्या गरेर आत्मसमर्पण गर्न पुगे प्रहरी कार्यालय

काठमाडौं । काठमाडौंको बुलबुले मार्गमा भाउजुको हत्या गर्ने देवर पक्राउ परेका छन् ।

आफ्नै ४८ वर्षीया भाउजु रोशनी राजभण्डारीको हत्या गरेको आरोपमा ४८ वर्षीय मोहन राजभण्डारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । बुलबुले मार्गस्थित सडकमा रोशनीलाई मोहनले फलामको खन्तीले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन् ।

प्रत्यक्षदर्शीका अनुसार तरकारी किन्न पसल पुगेका मोहनको भाउजुसँग भनाभन परेको थियो । त्यही रिसमा उनले भाउजुलाई लेखेटेर घाइते भएकी थिइन् ।रड प्रहारबाट गम्भीर घाइते भएकी रोशनीको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उनको खोजतलास गर्नेक्रममा मोहन भाउजुको हत्या गरेर आत्मसमर्पण गर्न महानगरीय प्रहरी परिसर काठमाडौंमा आफै उपस्थित भएको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

यसअघि पनि उनीहरुको विवाद भइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *