नेप्सेमा ३५ अंकको गिरावट – Nepal Press

नेप्सेमा ३५ अंकको गिरावट

काठमाडौं । कारोबारको पहिलो दिन नेप्से परिसूचक ३५ अंकले घटेको छ । आज नेप्से परिसूचक २७ सय विन्दुबाट तल झरेको छ ।  नेप्से परिसूचक १.३१ प्रतिशतले घट्दै २६९९.५१ विन्दुमा रोकिएको हाे ।

केही दिनदेखि नेप्से परिसूचकले आफ्नो ब्रेक आफै तोड्दै आएको थियो । आज नेप्से घट्नुमा नेप्सेले उचाइ कायम गरिसकेकाले सामान्य करेक्सन भएको बताउँछन् लगानीकर्ता श्याम पोख्रेल ।

आज १ करोड ९५ लाख २८ हजार ६५६ कित्ताको किनबेचमा ८ अर्ब ८० करोड १८ लाख ३ हजार २१५ कारोबार भएको छ । आज सबैभन्दा बढी एभरेष्ट बैंकको कारोबार भएको छ ।

आज एभरेष्ट बैंकको ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज महिला लघुवित्तको शेयर मूल्य करीब १० प्रतिशतले बढेको छ । आज म्यूचलफण्ड भन्दा बाहेक सबै नेप्से उपसूचक रातो भएका छन् । आज सबैभन्दा बढी व्यापार समूहको शेयर कारोबार घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर