पेट्रोल, डिजेल र मट्टितेलमा एक–एक रुपैयाँ मूल्यवृद्धि – Nepal Press

पेट्रोल, डिजेल र मट्टितेलमा एक–एक रुपैयाँ मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँ महंगो भएको छ ।

निगमका अनुसार पछिल्लोपटक १६ अप्रिलमा इन्डियन आयल कर्पोरेसनबाट आएको मूल्यसूचीका आधारमा समायोजन गरिएको हो । अब डिजेल र मट्टितेल प्रतिलिटर १०४ रुपैयाँ तथा पेट्रोल १२१ रुपैयाँ पुगेको छ ।

यस्तै आन्तरिक उडानका लागि प्रयोग गरिने हवाइ इन्धनको मूल्य पनि २ रुपैयाँले बढेको छ । एलपी ग्यासको मूल्य भने चलाइएको छैन ।

समायोजित मूल्यपछि पनि अर्धमासिक ७० करोड रुपैयाँभन्दा बढी घाटा रहेको निगमले जनाएको छ । निगमद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार एलपी ग्यासबाट मात्रै ६० करोडभन्दा बढी घाटा छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *