प्रचण्डको दावी : एमालेले बल्ल नेता भेटियो भनेर मलाई मान्न थालेपछि केपी गुटलाई सह्य भएन (भिडियो) – Nepal Press

प्रचण्डको दावी : एमालेले बल्ल नेता भेटियो भनेर मलाई मान्न थालेपछि केपी गुटलाई सह्य भएन (भिडियो)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली गुटका केही मान्छेबाहेक एमालेका सबैले आफूलाई नेता मान्न थालेपछि पार्टी फुटाउने खेल शुरु गरिएको बताएका छन् ।

माओवादी सम्बद्ध शिक्षक संगठनको भेलालाई शनिवार सम्बोधन गर्दै प्रचण्डले आफूलाई सबैले नेता मानेपछि ओली पक्षले पार्टी विभाजित गरिछाड्ने अभियान चलाएर क्लाइमेक्समा पुर्‍याएको दावी गरे ।

प्रचण्डले भने- ‘केपी गुटका प्रत्यक्षरुपमा संलग्न केही नेताहरु बाहेक आमरुपमा खुसीयाली थियो । नेता भेटियो भन्ने थियो । तर, केपी र केपी नजिकका केही उग्र गुटवादीहरुलाई सैह्य भएन र त्यही विन्दुबाट पार्टीभित्र चरम गुटबन्दी र हाम्रा विरुद्ध भ्रामक प्रचारवाजी र षडयन्त्र सुरु भयो । त्यसपछि प्रतिक्रियावादी , प्रतिक्रान्तिकारी र दक्षिणपन्थी सोच भएका माछेहरुले यो पार्टीलाई विभाजित गरिछाड्ने षडयन्त्र गरेको र त्यही षडयन्त्रको क्लाईमेक्सको रुपमा अहिलेको राजनीति छ ।’

अध्यक्ष प्रचण्डले शहरबजारमा केही जाली फटाहाहरुले प्रचण्डको आकर्षण सकियोे, अब माओवादी सिद्धियो भनेर हल्ला चलाए पनि गाउँघरतिर त्यस्तो नरहेको दावी गरे ।

उनले कर्णालीबाट अबको राजनीतिको एउटा सन्देश गइसकेको भन्दै गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएको र लुम्बिनीमा पनि सरकार परिर्वतनका निम्ति करिब करिब बहुमतको हस्ताक्षर संकलन भईसकेको बताए । उनले केन्द्रमा अन्योल र अराजकताको स्थिति अन्त्य गर्नका लागि केन्द्रीय स्तरमा पनि लगातार प्रयास भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर