माधव नेपाललाई शान्ता चौधरीको चेतावनी : तपाईको विधि पद्धतिसँग एमाले मूकदर्शक बन्दैन – Nepal Press

माधव नेपाललाई शान्ता चौधरीको चेतावनी : तपाईको विधि पद्धतिसँग एमाले मूकदर्शक बन्दैन

काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य तथा सचेतक शान्ता चौधरीले माधव नेपाल पक्षलाई जहाँ प्रेम छ त्यहिँ बसेर सघाउन सुझाव दिएकी छन् । उनले एमाले हौं भनेर एमालेको घर भाँड्ने छुट नभएको समेत प्रष्ट पारेकी छन् ।

चौधरीले माधव नेपालको विधि र पद्धतिले एकता होइन विभाजनको माग गरेको भन्दै हिजो नेकपा हुँदा पनि पार्टी अध्यक्षलाई धेरैपटक कारवाही गरेको र अहिले एमाले भएपछि पनि विधि पद्धतिका नाममा समानान्तर गतिबिधि गरिरहेको आरोप लगाएकी छन् ।

चौधरी पनि तत्कालिन नेकपामा प्रचण्ड-माधव पक्षको कारवाहीमा परेकी थिइन् । उनले माधव नेपालको विधि पद्धतिसँग नेकपा एमाले कर्णाली प्रकरणपछि अब मूकदर्शक बनेर नबस्ने चेतावनी दिएकी छन् ।

चौधरीले आफ्नो वक्तव्यमा भनेकी छन् -हिजो नेकपा हुँदा पनि तपाईको पद्धतिले सूर्य चिन्ह छिटो हामीलाई दे भनेर निर्वाचन आयोगतिर फर्केर चिच्याउँदै थियो । पार्टीको अध्यक्षलाई तपाईको पद्धतिले धेरै पटक कारवाही गरेको थियो । अब तपाईको बिधी पद्धतिसँग नेकपा एमाले सिंगो पार्टी मूकदर्शक बन्दैन । तपाईले जनताको प्यारो पार्टी लाख प्रयत्न गरे पनि हराउन सक्नुहुन्न । अन्ततोगत्वा तपाईको अनुचित विधी र पद्धतिले हार्नेछ । जहाँ प्रेम छ त्यहीँ बसेर हो सघाउने,घर भाँड्न तपाईलाई छुट छैन कमरेड ।


प्रतिक्रिया

4 thoughts on “माधव नेपाललाई शान्ता चौधरीको चेतावनी : तपाईको विधि पद्धतिसँग एमाले मूकदर्शक बन्दैन

  1. तिम्रो विघि पद्धति के पी ओली मात्र हो, नेपाली जनता होईन। तिम्रो चिच्याई के पी बा तिरै सोझ्याउन सुझाव छ, हामी पत्याउन्नौ।

  2. माकूने गूटूका सबै नेता हरू पार्टि भीत्र धमिलो बनेर बस्ने छन उनीहरू को ईलाज समय मै गर्दा हून्छ।हैन भने भोली पार्टी ले ठूलो क्षेत्री बेहूरिनू पर्छ

  3. माकुने र झलेलाई पद चाहिएको हो, देश बनाम भन्ने नेतामा यिनिहरु पर्दैन, बरु छिटोभन्दा छिटो पार्टीबात निष्कासन गरि नयाँ युवा इमानदार लाई अगाडि बढाउनु पर्छ,

Leave a Reply to दिवस ढकाल Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर