नेपालका दुवै ओपनरको डेब्यू म्याचमै अर्धशतक, साझेदारीको पनि कीर्तिमान – Nepal Press
ट्राइ नेसन्स क्रिकेट सिरिज

नेपालका दुवै ओपनरको डेब्यू म्याचमै अर्धशतक, साझेदारीको पनि कीर्तिमान

काठमाडौं । ट्राइ-नेसन्स सिरिज अन्तरगत नेदरल्यान्ड्सविरुद्धको पहिलो टि-२० खेलमा नेपालका दुवै ओपनरले अर्धसतक बनाएका छन् ।

पहिलोपटक ओपनिङ जोडीको रुपमा आएका आसिफ सेख र आरिफ भुर्तेलले शतकीय साझेदारीसमेत गरेपछि नेपालले नेदरल्यान्ड्सविरुद्ध ९ विकेटको सहज जित हात पारेको छ ।

नेदरल्यान्ड्सले दिएको एक सय ३७ रनको लक्ष्य पाँच ओभर बाँकी छँदै नेपालले भेट्टायो । नेपालका ओपनर कुशल भुर्तेल ६२ रन बनाएर आउट भए । उनले उनले ४६ बलमा ५ छक्का र ५ चौका प्रहार गरे ।

अर्का ओपनर आसिफ सेखले ३८ बलमा ५४ रन बनाए । उनले ४ चौका र ४ छक्का हिर्काएका थिए । पहिलो विकेटका लागि नेपालले १ सय १६ रनको किर्तिमानी साझेदारी गरेका थिए । टि-२० क्रिकेटमा नेपालका लागि यो अहिलेसम्मकै ठूलो ओपनिङ पार्टनरसीप हो ।

नेपालका नयाँ प्रशिक्षक डेब वाटमोरले आफ्नो पहिलो म्याचमा ओपनिङ जोडीमा दुई यु्वा ब्याट्सम्यानलाई पठाएका थिए । उनको प्रयोग सफल भएको छ । तेस्रो नम्बरमा आएका कप्तान ज्ञानेन्द्रले छक्का प्रहार गर्दै विजयी स्कोर बनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *