नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेटका लागि कुशल र आसिफको शतकीय साझेदारी – Nepal Press

नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेटका लागि कुशल र आसिफको शतकीय साझेदारी

काठमाडौं । ट्राइ नेसन्स सिरिज अन्तरगत नेदरल्यान्ड्सविरुद्धको पहिलो म्याचमा नेपालका ओपनिङ जोडीले शतकीय साझेदारी गरेका छन् । पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले शतकीय साझेदारी गरेपछि नेपाल सहज जिततर्फ लम्केको छ ।

नेदरल्यान्ड्सले पहिलो ब्याटिङ गर्दै नेपाललायृ एक सय ३७ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपालले यो समाचार तयार पार्दासम्म विना विकेट क्षति एक सय १६ रन बनाएको छ ।

नेपालका लागि डेब्यू म्याचमै कुशल भुर्तेलले अर्धसतक बनाएर आउट भएका छन् । उनले ४६ बलमा ६२ रन जोेडे । अर्का ओपनर आसिफ सेख अर्धशतक नजिक छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर