नेदरल्यान्ड्सले नेपाललाई दियो १३७ रनको लक्ष्य – Nepal Press

नेदरल्यान्ड्सले नेपाललाई दियो १३७ रनको लक्ष्य

काठमाडौं । आजदेखि सुरु भएको ट्राइ नेसन सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले घरेलु टोली नेपाललाई १३७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रनको योगफल तयार गरेको हो ।

नेदरल्यान्ड्सका लागि बास दी लिडले सर्वाधिक ४१ रन बताए । त्यस्तै, स्कट एड्वार्ड्सले ३०, कप्तान पिटर सिलारले अविजित २३ रनको योगदान गरे ।

अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा नेपालका लागि सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र डेब्युट्यान्ट साहब आलमले १/१ विकेट लिए ।

अर्को शनिबारसम्म चल्ने प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्ससहित मलेसिया सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *