माओवादीले थाहा पाउनुपर्छ, उहाँहरू नहुँदा पनि देश चल्छ : परराष्ट्रमन्त्री (भिडियो) – Nepal Press

माओवादीले थाहा पाउनुपर्छ, उहाँहरू नहुँदा पनि देश चल्छ : परराष्ट्रमन्त्री (भिडियो)

काठमाडौं । परराष्ट्रमन्त्री तथा नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आजको सर्वदलीय बैठकमा अनुपस्थित भएर माओवादी केन्द्रले गैरजिम्मेवारी प्रदर्शन गरेको आरोप लगाएका छन् । तर, ‘माओवादी नहुँदा पनि देश चल्ने’ उनले टिप्पणी गरे ।

सर्वदलीय बैठकपछि बाहिरिने क्रममा ज्ञवालीलाई पत्रकारले माओवादी बैठकमा अनुपस्थित भएको विषयमा प्रश्न गरेका थिए । ‘माओवादीलाई खबरै नभएको हो ?’ भन्ने पत्रकारको प्रश्नमा ज्ञवालीले त्यो बेकारको कुरा भएको बताए ।

‘तपाईंहरूले नै लेख्नुभएको होइन हिजो ? प्रधानमन्त्रीले प्रचण्डलाई फोन गर्नुभएको भनेर व्यापकै थियो त । (खबर नगरेको भन्ने) बेकारको कुरा हो । उहाँहरू किन आउनुभएन, किन यस्तो गैरजिम्मेवार पार्टी बन्दै हुनुहुन्छ, त्यो उहाँहरूले जान्ने कुरा हो । उहाँहरूले थाहा पाउनुपर्छ, उहाँहरू नहुँदा पनि देश चाहिँ चल्छ,’ ज्ञवालीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर