बैतडीमा घनले हानेर भाञ्जाको हत्या – Nepal Press

बैतडीमा घनले हानेर भाञ्जाको हत्या

कैलाली । बैतडीमा घनले हिर्काएर मामाले भाञ्जाको हत्या गरेका छन् ।

बैतडीको दोगडाकेदार गाउपालिका- ३ सिल्लेगाडामा २१ वर्षीय नारायण भुलले १५ वर्षीय महेस भुललाई घनले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

भाञ्जाको हत्यापछि फरार भएका मामालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायण प्रशाद अधिकारीले जानकारी दिए ।

हत्याको कारण अझै खुल्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *