सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने : सभामुखले अराजक र अनैतिक ढंगले असहयोग गरे – Nepal Press

सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने : सभामुखले अराजक र अनैतिक ढंगले असहयोग गरे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको भूमिका अराजक र अनैतिक खाले भएको भन्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने गर्ने दलहरुको साथ खोजेका छन् ।

बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले संसदबाट कुनै पनि काम हुन नदिई सरकारलाई सभामुखले असहयोग गरेको बताएका छन् ।

बैठकमा सहभागी राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्रीले सभामुखको भूमिकाप्रति अशन्तुष्टि व्यक्त गरेको बताए । लोहनीले भने- प्रधानमन्त्रीज्यूले सभामुखले असहयोग गरे,संसदले काम गर्न दिएन र सभामुख अराजक र अनैतिक काम गरिरहेका छन् भन्नुभयो । हामीले मिलाएर लैजानुस भनेका छौं ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर