खोपमा समान पहुँच र आपूर्ति सुनिश्चित गर्न राष्ट्रसंघमा नेपालको आग्रह – Nepal Press

खोपमा समान पहुँच र आपूर्ति सुनिश्चित गर्न राष्ट्रसंघमा नेपालको आग्रह

काठमाडौं । राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृत राईले कोरोनाभाइरसविरुद्धको खोपको समान र निश्पक्ष आपूर्ति हुनुपर्ने माग गरेका छन् ।

राष्ट्रसंघीय आर्थिक तथा सामाजिक मंचको भर्चुअल सत्रमा बोल्दै राईले खोपको नाममा हुने भ्याक्सिन राष्ट्रवादको अन्त्य हुनुपर्ने समेत धारणा राखेका छन् । साथै उनले असमान खोप आपूर्ति पनि रोकिनुपर्ने बताएका छन् ।

निश्पक्ष, पहुँच र सुलभ खोप वितरणका लागि अन्तर्राष्ट्रिय सहमति निर्माण हुनुपर्नेमा उनले जोड दिएका छन् । उक्त भर्चुअल सत्रको शीर्षक थियो –सबैका लागि खोप ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर