परराष्ट्रमन्त्री ज्ञवाली र डेनिस राजदूतबीच खोप र जलवायु परिवर्तनका मुद्दाबारे छलफल – Nepal Press

परराष्ट्रमन्त्री ज्ञवाली र डेनिस राजदूतबीच खोप र जलवायु परिवर्तनका मुद्दाबारे छलफल

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपालका लागि डेनमार्कका नवनियुक्त राजदूत फ्रेडी भानेबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा कोरोनाभाइरसको विरुद्धको खोप आपूर्ति, जलवायु परिवर्तन र द्धिपक्षीय मुद्दामा छलफल भएको राजदूत भानेले जानकारी दिए ।

दिल्ली मामिलासमेत हेर्ने जिम्मा पाएका राजदूूत भानेले गैरआवसिय राजदूतको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएका थिए ।

उनले शुक्रबार नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरी, भारतीय राजदूत विनयमोहन क्वात्रा, युरोपेली राजदूत नोना डेप्रेजलाई पनि भेटेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर