तत्काल विद्यालय बन्द गरौं, ठूला शहरमा नयाँ प्रजातिको कोरोना फैलिइसक्यो (भिडियो) – Nepal Press
विज्ञसँग नेपाल–टक

तत्काल विद्यालय बन्द गरौं, ठूला शहरमा नयाँ प्रजातिको कोरोना फैलिइसक्यो (भिडियो)

काठमाडौं । कोरोनाको नयाँ प्रजाति काठमाडौंसहितका ठूला सहरमा फैलिएको भन्दै विज्ञहरुले तत्काल जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न सुझाव दिएका छन् ।

उनीहरुले तत्काल शिक्षण संस्था बन्द गर्नुपर्ने बताउँदै कम्तीमा चार साता लकडाउन गर्नपनि सुझाएका छन् । नेपाल प्रेससँग कुरा गर्दै शुक्रराज अस्पताल तथा सरुवा रोगका निर्देशक डा. सागर राजभण्डारीले अहिल्यै लकडाउन गर्न सकिए संक्रमण फैलावटलाई धेरै हदसम्म रोक्न सकिने बताए ।

उनीहरुले मानवीय क्षति कम गर्न र संक्रमणको चक्रलाई रोक्न लकडाउन अहिले सहि समय भएको बताए । सरकारले किटान गरेका १४ वटा प्रभावित ठाउँमा लकडाउन गर्नु जरुरी रहेको उनको भनाई छ ।

काठमाडौं र पोखराजस्ता ठूला सहरमा परिवारसम्मै भाइरसको नयाँ भेरिएन्ट फैलिएको बताउँदै उनले उपत्यकाका ३ जनामध्ये १ जनामा भाइरस पजेटिभ देखिएको बताए ।

भाइरसको नयाँ प्रकारको कारण युवा र बालबालिका सबैभन्दा बढी प्रभावित बनेको बताउँदै उनले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरे ।

टेकु अस्पतालमा कोभिडबाहेकका रोगको उपचार सेवा बन्द गरिएको जानकारी दिँदै राजभण्डारीले गैर–कोभिड बिरामीलाई अन्य अस्पतालमा रिफर गरिएको जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर