कोहलपुर दुर्घटना अपडेट– मृतक पाँचमध्ये चार जनाको सनाखत – Nepal Press

कोहलपुर दुर्घटना अपडेट– मृतक पाँचमध्ये चार जनाको सनाखत

रूपन्देही । शुक्रबार साँझ बाँकेको कोहलपुरमा बस र टिप्पर ठोक्किँदा ज्यान गुमाएका ५ मध्ये चारजनाको पहिचान खुलेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार मृत्यु हुनेमा टिप्परका सहचालक उदय बाँठा र टिपर चालक २५ वर्षीय खगेन्द्र बहादुर सुनार छन् ।

उनीहरु दुवै कोहलपुर–१२ बस्दै आएका थिए । सुर्खेत घर भएका ४१ वर्षीय जीवन कुमार बिक र झापाको मेची नगपारपालिका १० घर भएका छत्रबहादुर कटुवाल छन् । दुर्घटना ज्यान गुमाएकी अन्दाजी ३५ वर्षीया महिलाको पहिचान खुल्न बाँकी छ ।

सुर्खेतबाट धरान जाँदै गरेको मकालु यातायातको से १ ख ३३४८ नम्बरको बस र ना अ क–४१ नम्बरको टिपर ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते ४१ मध्ये ७ जनाको अवस्था गम्भीर छ । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर