प्रिमियर लिगमा एभर्टनबिरुद्ध बराबरीमा रोकियो टोटनह्याम, केन चोटग्रस्त – Nepal Press

प्रिमियर लिगमा एभर्टनबिरुद्ध बराबरीमा रोकियो टोटनह्याम, केन चोटग्रस्त

एजेन्सी । अग्रता जोगाउन नसक्दा टोटनह्यामले इंग्लिस प्रिमियर लिगमा एभर्टनसँग उसैको मैदानमा २–२ गोलको बराबरी गरी अंक बाँडेको छ । तर २ गोल गरी टिमको उद्दार गरेका स्ट्राइकर ह्यारी केन खेलको अन्तिमतिर चोटग्रस्त बनेका छन् ।

काराबाओ कप फाइनलको ९ दिनअघि र इंग्ल्याण्डका लागि युरो कपको ५८ दिनअघि केन गोलीगाँठाको समस्याका कारण खेलको इन्जुरी समयमा बाहिर निस्कनु प¥यो । कर्नर जोगाउने प्रयासमा उफ्रिँदा ल्याण्डिङ नमिलेपछि भुइँमा लडेका थिए ।

प्रशिक्षक जोसे माउरिन्होले इन्जूरीको गाम्भीर्यताबारे आफूलाई जानकारी नभएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । ‘म अहिले नै केहि भन्न सक्दिन तर केहि भएकै छ । हामीले पनि डर महशुस गरिरहेका छौं । बुधबार साउथह्याम्प्टनसँग र अर्को आइतबार काराबाओ कपको फाइनलमा हामीलाई उनको जरुरी हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *