सैनामैना नगरपालिकाले दियो किसानलाई अनुदान – Nepal Press

सैनामैना नगरपालिकाले दियो किसानलाई अनुदान

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकाले पशुपालक किसानहरुलाई अनुदानमा ४२ थान घाँस,पराल काट्ने विद्युतीय च्याप कटर मेसिन प्रदान गरेको छ ।

नगरपालिकाको पशु विकास शाखा मार्फत नगरपालिकाका ११ वटै वडाका व्यवसायीक किसानहरुलाई उक्त मेसिन प्रदान गरिएको हो ।

शुक्रबार नगरपालिका कार्यालय परिषर बुद्धनगरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी किसानालाई उक्त मेसिन प्रदान गरिएको हो ।

विद्युतीय मेसिन प्रदान कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले सैनामैनले किसानहरुको पक्षमा विस्तृत योजना निर्माण गरी कार्य अगाडी बढाएको जानकारी दिदै मेसिनले व्यवसायीक किसानहरुलाई पशुपालनमा सहजता ल्याउने अपेक्षा लिएको बताए ।

उनले सैनामैना, मासु, अण्डा र दुधमा आत्मनिर्भर बनेको जानकारी दिदै किसानको उत्पादन विक्रिका लागि नयाँ हाट बजार निर्माण गरी सञ्चालनको तयारी गरिएको र निकट भविश्यमा नै चिस्यान केन्द्र समेत निर्माण सम्पन्न हुने प्रक्रियामा रहेको भन्दैयसले किसानहरुको लागि थप सहयोग पुग्ने बताए ।

नगरपालिका पशु विकास शाखा प्रमुख ईन्द्र बहादुर खड्काले प्रति विद्यूतीय च्यापकटरलाई ४० हजार रुपैयाँमा खरिद गरी किसानको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत लगानी रहेको जानकारी दिए ।

नगरपालिकाले व्यवसायिक किसानहरुको लागि अनुदानमा घाँसको विउ वितरण देखि लिएर यन्त्रीकरणमा समेत विशेष सहयोग गर्दै आएको जानकारी दिँदै यसलाई आगामी दिनमा निरन्तरता दिने समेत बताए ।

कार्यक्रममा सैनामैना नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सुनिल मरासिनी, गाउँ नगर कृषक संञ्जाल समितिका संयोजक शेर बहादुर क्षेत्री, नगर उपप्रमुख विना राना लगायतले आ आफ्नो मन्तव्य राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *