ओलीलाई संसदीय विधिबाटै हटाउनुपर्छ: प्रकाशमान सिंह – Nepal Press

ओलीलाई संसदीय विधिबाटै हटाउनुपर्छ: प्रकाशमान सिंह

रुपन्देही । कांग्रेस नेता प्रकाशमान सिंहले संविधान मिचेर घोषणा गरिएक चुनावमा कांग्रेसले भाग लिन नहुने बताएका छन् । शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले चुनाव हुंदैमा सबै कुरा साम्य हुन्छ भन्ने नहुने बताए ।

उनले भने‘ओलीको कदमविरुद्ध आन्दोलन गर्नेहरु नै सरकारमा स्थान पाइने लोभमा ओलीसँग मिल्ने कुरा गर्नु अपरिपक्व निर्णय हो ।’
उनले यो अवस्थामा अन्य दलसँग मिलेर कांग्रेसले सरकारको जिम्मेवारी लिनुपर्ने बताए ।

केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म देश शान्त नहुने बताउँदै उनले संसदीय विधिबाटै ओलीलाई हटाउन प्रयास गर्नुपर्ने धारणा राखेका छन् ।

नेता सिंहले कांग्रेसको कसरतले जारी भएको संविधानविपरीत कदम चालेर आफ्नो दम्भ देखाउने केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट पार्टीले लगाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा भाषणमा सीमित भएको आरोप लगाए ।

कम्युनिस्टका ४/४ पटक नेतृत्व गरेका नेताले जारी गर्न नसकेको संविधान कांग्रेसले जारी गरेको सिंहले बताए ।

अहिले सरकारमा नेपाली कांग्रेसको स्थान २५ प्रतिशत पनि नरहेको उनको भनाइ छ । संविधान नै जारी गर्न नसकेको कम्युनिस्टलाई हटाएर कांग्रेसले सरकार गठन गर्नुपर्ने सुझाव चारैतिरबाट पार्टी नेतृत्वलाई आइरहेको सिंहले जानकारी दिए ।

उनले पार्टीभित्रैका अग्रज नेताले पद हस्तान्तरणको भूमिका निर्वाह गर्न नसक्दा समस्याको निकास आउन नसकिरहेको बताए ।
उमेरको वरियता देखाएर पदमा बसिरहनु पार्टी, नेता र कार्यकर्ता कसैका लागि पनि उचित नहुने भन्दै उनले अबको नेतृत्व गर्न सभापति देउवा र वरिष्ठ नेता पौडेलले अन्यलाई पालो दिनुपर्ने बताए ।

नेता सिंहले अग्रजले पत्याएर राजी भए आफू कांग्रेसको नेतृत्व लिई अघि बढ्न तयार भएको बताए । निरन्तर पार्टीकै काममा खटिरहेकाले आफूलाई अघि बढाएर कांग्रेसले पुस्ता हस्तानतरणको अभ्यास अँगाल्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर