सूदूरपश्चिम प्रदेश: ओली पक्षबिनै एमाले संसदीय दलको बैठक – Nepal Press

सूदूरपश्चिम प्रदेश: ओली पक्षबिनै एमाले संसदीय दलको बैठक

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठक बसिरहेको छ । प्रदेशसभा संसदीय दलको कार्यालयमा जारी बैठकमा ओली पक्षका सांसदहरू उपस्थित छैनन् ।

बैठकले एमाले संसदीय दलको विधान पारित गर्ने कार्यसूची रहेको प्रदेशसभा सदस्य लालबहादुर खड्काले जानकारी दिए । सबैलाई खबर गरिएपनि ओली पक्षका सांसद कोही नआएको उनको भनाइ छ ।

५२ जना सांसद रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ सांसद छन् । तीमध्ये ओली पक्षमा ६ जनामात्रै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर