यी हुन् माओवादी सरकार जोगाइदिने एमालेका चार सांसद – Nepal Press

यी हुन् माओवादी सरकार जोगाइदिने एमालेका चार सांसद

सुर्खेत । नेकपा एमालेका कर्णाली प्रदेशका चार सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै माओवादी केन्द्रको सरकार जोगाइदिएका छन् ।

प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका हुन् ।

प्रकाश ज्वाला माधव नेपालपक्षीय एमालेको कर्णाली प्रदेशका संयोजक हुन् । उनी केही दिनअघिसम्म शाही सरकारमा अर्थमन्त्री थिए । त्यस्तै नन्दसिंह बुढा पनि प्रकाश ज्वालासँगै मन्त्री थिए ।

कालीकोटका कुर्मराज शाही र दैलेखका अम्बरबहादुर थापा भने अब मन्त्रिपरिषदमा समेटिने समझदारी भएको छ । कर्णालीमा माधव नेपाल पक्षका ९ सांसद छन् । उनीहरूले जति मत चाहिने हो त्यति शाहीको पक्षमा दिने समझदारी अनुसार चारजनाले दिएका हुन् ।

नेकपा एमालेकै सांसद देवी ओलीले भने विश्वासको मतको पक्षमा दिएको मत सभामुखले निर्धारण गरेको समयमा सच्याएकी थिइन् । विश्वासको मतको पक्षमा बहुमत पुगेको थाहा पाएपछि उनले मत सच्याएकी हुन् ।


प्रतिक्रिया

One thought on “यी हुन् माओवादी सरकार जोगाइदिने एमालेका चार सांसद

  1. माझहरू ढिलोचाँडो माओवादी केन्द्रमा प्रवेस गर्छन, प्रमाण कर्णाली प्रदेश!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर