गोल्छा अर्गनाइजेसनका अध्यक्ष चेम्बरको उपाध्यक्षमा मनोनित – Nepal Press

गोल्छा अर्गनाइजेसनका अध्यक्ष चेम्बरको उपाध्यक्षमा मनोनित

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित भएका छन् । नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति बैठकले विधान बमोजिम मनोनित हुने उपाध्यक्षमा गोल्छालाई मनोनित गरेको हो ।

गोल्छालाई चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले शुक्रबार स्वागत गरेका हुन् । चेम्बरले आफूलाई मानार्थ उपाध्यक्ष मनोनित गरेर सम्मान गरेको गोल्छाले बताए ।

गोल्छा प्रतिष्ठित व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनका अध्यक्ष समेत रहेका छन् । हाल उनी हंशराज हुलासचन्द एण्ड को, हुलास वायर इन्डस्ट्रिज, हिम इलेक्ट्रोनिक्स, हुलास मेटल क्राफ्ट्सलगायतका व्यावसायिक प्रतिष्ठानहरू सञ्चालनमा छन् । गोल्छा २०२८ सालमा नेपाल चेम्बर अफ कमर्समा आबद्ध थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर