कर्णाली प्रदेशसभामा मतविभाजन प्रक्रिया शुरू – Nepal Press

कर्णाली प्रदेशसभामा मतविभाजन प्रक्रिया शुरू

काठमाडौं । कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन राखेको प्रस्तावमा अहिले मत विभाजन प्रक्रिया शुरू भएको छ ।

प्रस्तावउपर सांसदहरुले बोल्ने र मुख्यमन्त्री शाहीले जवाफ दिने क्रम सकिएपछि सभामुखले विश्वासको मतका लागि प्रदेशसभा नियमावली अनुसार मत विभाजन गराएका हुन् । मत विभाजनका क्रममा सांसदहरुले हस्ताक्षरसहितको मत दिनुपर्ने जनाइएको छ ।

नेकपा माओवादी र नेपाली कांग्रेसले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिँदैछन् । नेकपा एमालेले भने मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिइसकेका कारण प्रस्तावको विपक्षमा मतदान गर्ने जनाएको छ ।

प्रदेशसभाको अंकगणित अनुसार ‘फ्लोर क्रस’ नभएको अवस्थामा मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गर्न सक्दैनन् । कर्णाली प्रदेशसभामा एमालेको सभामुखबाहेक १९, माओवादीको १२ र कांग्रेसका ६ सांसद रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर