‘फेक डकुमेन्ट’ सम्प्रेषण गर्नेमाथि प्रेस काउन्सिलको एक्सन, दर्ता नभएका पोर्टल बन्द गर्न प्राधिकरणलाई पत्राचार – Nepal Press

‘फेक डकुमेन्ट’ सम्प्रेषण गर्नेमाथि प्रेस काउन्सिलको एक्सन, दर्ता नभएका पोर्टल बन्द गर्न प्राधिकरणलाई पत्राचार

काठमाडौं । प्रेस काउन्सिल नेपालले भारतीय गुप्तर एजेन्सी ‘रअ’ का प्रमुख सामन्त गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच लिखित सहमति भनी विभिन्न न्युज पोर्टलहरुमा सम्प्रेषित सामाग्री भ्रामक र तथ्यहीन रहेको भन्दै २४ घण्टे स्पष्टीकरण माग गरेको छ ।

काउन्सिलले शुक्रवार विज्ञप्ति जारी गरी वैशाख २ गते अपरान्हदेखि बिना आधिकारिक डकुमेन्ट ‘अनअफिसियल ट्रान्सलेसन’ को हवला दिदै सञ्चारमाध्यमको जिम्मेवारीबोधको समेत ख्याल नगरी तथ्यहीन,पुष्टि नभएका सामाग्री सम्प्रेषण गरी सनसनीखेज गराउने उद्देश्यले जनमानसमा भ्रम पार्ने र अन्तर्राष्ट्रिय सम्बन्ध एवम् भाइचारको सम्बन्धमा गम्भीर असर पु¥याउन खोजेको जनाएको छ ।

काउन्सिलले सूचना विभागमा दर्ता नभएका दुईवटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन सनक्ने गरि बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।

यसैबीच गोप्य सम्झौताको ‘अनिअफिसियल ट्रान्सलेसन’ भनी फेक डकुमेन्ट बाहिर ल्याउने उज्यालो नामक वेबपोर्टलका सन्चालक बुद्ध लोप्चनलाई  प्रहरीले खोजी गरिरहेको छ । उनी सो फेक डकुमेन्ट भाइरल भएपछि फरार रहेको प्रहरी स्रोतले जनाएको छ ।

शुरुमा यो फेक डकुमेन्टको बारेमा प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरेको थियो । साइबर ब्यूरोले महानगरीय प्रहरी परिसर काठमाडौंलाई जिम्मा लगाएको स्रोतले जनाएको छ ।


प्रतिक्रिया

3 thoughts on “‘फेक डकुमेन्ट’ सम्प्रेषण गर्नेमाथि प्रेस काउन्सिलको एक्सन, दर्ता नभएका पोर्टल बन्द गर्न प्राधिकरणलाई पत्राचार

  1. अब आप्mनो अनलाइन न्युज पोर्टल वा दैनिक पत्रपत्रिका अथवा साप्ताहिक पत्रपत्रिकामा कुनै संघ, संस्था वा कुनै व्यक्तिका विरुद्ध बिना आधार, प्रमाण र तथ्यहीन वा अनर्गल रुपमा कसैलाई उचालेर (फेक नाममा) लेख, रचना वा फिचर लेखाउने अनलाइन न्युज पोर्टल वा दैनिक पत्रपत्रिका अथवा साप्ताहिक पत्रपत्रिकाहरुलाई पनि ‘प्रेस काउन्सिल नेपाल’ले एक्सन लिनुपर्यो ।

  2. जस्तो ‘तुवाचुङ’ नामक अनलाइनले मिति २०७७ माघ ९ गते कुलुङ समुदायमा बदनामी कमाएका एकजना दाजुले लेखेको (उनलाई लेखाईएको हो कि !) नक्कली वा फेक नेम ‘शरण राई !’ को नाममा ‘चाक्चाकुर तथ्यहीन काल्पनिक चाड’ र माघ २० गते ‘कृष्ण सोताङ !’ को नक्कली नाममा ‘राई लेख्दा कुलुङ संस्कृति कसरी मासियो ?’ शीर्षकको लेख प्रकाशित भएको थियो ।

  3. अभैm पनि ती लेखहरुको लेखकको सक्कली नाम र ती मान्छेहरु साँच्चै (‘शरण राई !’ र ‘कृष्ण सोताङ !) उनीहरु अलग्गै मान्छेहरु नै हुन् भने पुनः ती मान्छेहरुको फोटा, इमेल र मोबाइल नम्बरसहित ती लेखहरु (‘चाक्चाकुर तथ्यहीन काल्पनिक चाड’ र ‘राई लेख्दा कुलुङ संस्कृति कसरी मासियो ?’) शीर्षकको लेखहरु ‘तुवाचुङ’ नामक अनलाइनले छापोस् । होइन भने, हामीले ती दुई नक्कली नाममा लेखिएको लेख छाप्ने ‘तुवाचुङ’ नामक अनलाइन विरुद्ध कहाँ उजुर–वाजुर गर्नुपर्ने हो ? जानकारी पाउँ !?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर