आमा ठगेको आरोप लागेकी सुष्माका श्रीमान्‌ पनि पक्राउ – Nepal Press

आमा ठगेको आरोप लागेकी सुष्माका श्रीमान्‌ पनि पक्राउ

काठमाडौं ।आमालाई ठगेको अभियोगमा पक्राउ परेकी नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजालको श्रीमान्‌ कमल प्रसाद रेग्मीलाई पनि प्रहरीले आज पक्राउ गरेको छ ।

८५ वर्षीया आमा शोभा रिजाललाई लाई ३ करोड ठगी गरेको आरोपमा सुष्मालाई गत चैत्र २२ गते महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो ।

सोही अभियोगमा उनका श्रीमान् कमल प्रसादलाई पनि आज पक्राउ गरिएको एसएसपी अशोक सिंहले नेपाल प्रेसलाई बताए ।

‘३ करोड ठगी गरिएको अभियोगमा आज कमल प्रसादलाई पनि पक्राउ गरेर थप अनुसन्धान गरिरहेका छौं,’ एसएसपी सिंहले भने ।

सुष्मालाई भने गत सोमबार जिल्ला अदालत, काठमाडौंले ज्येष्ठ नागरिक ऐन, २०६३ बमोजिमको कसूरमा थुनामा पठाउन आदेश दिएको थियो ।

आदेशपछि उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

One thought on “आमा ठगेको आरोप लागेकी सुष्माका श्रीमान्‌ पनि पक्राउ

  1. आमालाइ ठगि गर्ने त्यस्ती अपराधी राक्षसनि छोरीलाई जेल मात्र हैन सम्पूर्ण श्री सम्पती रास्ट्रिय कोसमा जम्मा गराएर आमाको राम्रो पालन पोसणकाे लागि राम्रो आस्राममा ब्यबस्थापन गरेर राक्नु पर्छ ज्वाइँ छोरी दुबै शिक्षित जाने बिझेका राष्ट्र बैंकको कर्मचारी अझ त्यो कुकुरनी हो रास्ट्र बैंकमा पनि घोटाला गरेकी होलि राम्रो छानबिन हुन पर्छ।त्यस्को श्री सम्पतिको छानबिन होस। पुलिसले घुस खाएर या कालाकोटे दाइ हरु यस्तो मुद्दा  मिलाउनत सिपालु हुन्छन कालोलाइ सेतो सेतोलाइ कालो बनाउन खप्पिस हुन्छन। त्यसमा सम्बन्धित निकायको ध्यान जाओस।।

Leave a Reply to राम बहादुर रिमाल Cancel reply

Your email address will not be published. Required fields are marked *