कर्मचारीमैत्री ऐनको माग गर्दै सिहंदरबारभित्र नासुहरुको प्रदर्शन (भिडियो) – Nepal Press

कर्मचारीमैत्री ऐनको माग गर्दै सिहंदरबारभित्र नासुहरुको प्रदर्शन (भिडियो)

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री नभएको भन्दै सिंहदरबारभित्र कार्यरत नायव सुब्बाहरु(नासु) आन्दोलित भएका छन् ।

संघीय निजामती सेवा ऐनमा कर्मचारीको मनोबल घटाउने खालको व्यवस्था भएको तथा ऐनको व्यवस्था अनुसार नायव सुब्बाहरुमाथि अन्याय भएको भन्दै बिहीबार सिंहदबारभित्र काम गर्ने नायव सुब्बाहरुले सिंहदरबार भित्रै प्रदर्शन गरेका हुन् ।

सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका केही नायव सुब्बाहरुलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । प्रदर्शनकारीहरुले ‘हामी अधिकार भन्दापनि न्याय माग्न आएका हौँ’, ‘माननीयज्यू नासुको आँसु देख्नुभएन ?’, ‘गिराएर मनोबल ! कस्तो खोजेको प्रतिफल ?’, ‘राजपत्र अनङ्कित श्रेणीको कर्मचारीको अनुभवलाई अनुभव मान’ लगायतका प्लेकार्ड बोकेका थिए ।

यस्तै प्रहरीले नियन्त्रणमा लिन थालेपछि प्रदर्शनकारीहरुले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारावाजी समेत गरेका थिए । माग पुरा नभएसम्म आफुहरुको आन्दोलन जारी रहने नायव सुब्बाहरुले बताएका छन् ।

राजपत्र अनङ्कित तृतिय श्रेणीको पदपूर्तिमा ३० प्रतिशत बढुवा कायम गरिनुपर्ने, रिक्त पदहरुमा आन्तरिक प्रतिस्पर्धाबाट पूर्ति गर्नुपर्ने तथा राजपत्र प्रथम र द्धितिय श्रेणीको खुल्ला विज्ञापनमा राजपत्र अनङ्कित कर्मचारीको अनुभवलाई पनि मान्यता दिनुपर्ने माग आफुहरुको रहेको नायव सुब्बा श्रीराम पौडेलले बताए ।

प्रस्तावित निजामती सेवा ऐनले कर्मचारीहरुको मनोबल घटाउने मात्र नभई हित विपरित भएकोले उक्त ऐनको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिएको नायव सुब्बा लक्ष्मीप्रसाद शर्माले जानकारी दिए । प्रस्तावित ऐनमा कर्मचारीमैत्री निजामति सेवा नभएको उनको भनाइ छ ।

प्रस्तावित ऐनले कर्मचारीहरुको वृत्तिविकास, सेवा, सुविधा र अवसरहरुलाई कुण्ठित गरिएको आन्दोलनमा सहभागि नायव सुब्बा लक्ष्मण गुरागाँई बताउँछन् ।

आन्तरिक प्रतिस्पर्धाबाट बृत्तिविकासको बाटो पाउनुपर्ने मागलाई सरकार, संसद र सांसदहरुले सम्बोधन गर्नुपर्ने अर्का नायव सुब्बा सुष्मा थापाले बताइन्।


प्रतिक्रिया

One thought on “कर्मचारीमैत्री ऐनको माग गर्दै सिहंदरबारभित्र नासुहरुको प्रदर्शन (भिडियो)

  1. नमोबृती घटाउने खालको भनेको केहो नायब सुब्बा लाई बाथरुम साफागर्नत लगाएको छैन होला तृतीय श्रेणी को मान्छे भनेर घमण्ड बढेको हो सबैलाई निलम्बित गरेर जेल हाल्नुपर्छ अनि ठिक ठाउमा आउछन। मान्छे काम नपाएर रोएर हिंडिरहेका छन साम्सद मन्त्रीको नातेदार भन्दा परका मान्छे त्यहाँ कोहि छैन अनि साले हरु पात्तिएका छन घोक्रेथ्याक लगाएर आज सम्म जमा भएको रकम कलम दिएर ल मानमर्यादा घर गएर खोज तेरो स्वास्नी बाउ आमा छोराछोरी सग भनेर गलहत्याएर निकाल सम्बन्धित निकायमा रहेका हरुले

Leave a Reply to राम बहादुर रिमाल Cancel reply

Your email address will not be published. Required fields are marked *