जसपा सांसदले भने- भारतीय चेली सहनशील हुन्छन्, हिमानीलाई हेर्नुस् (भिडियो) – Nepal Press

जसपा सांसदले भने- भारतीय चेली सहनशील हुन्छन्, हिमानीलाई हेर्नुस् (भिडियो)

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले भारतीय चेलीका कारण नेपाललाई कुनै घाटा नभएको बताएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद यादवले वैवाहीक अंगीकृत नागरिकता लिन ७ वर्ष कुर्नुपर्ने प्रावधान हटाएर कानून बनाउन माग गरे ।

नेपालको संसदमा मात्रै नभएर पूर्वराजपरिवारभित्र पनि धेरै भारतीय चेलीहरू बुहारीको रूपमा रहेको भन्दै सांसद यादवले आजसम्म कसैले राष्ट्रघात नगरेको बताए । ‘पूर्वयुवराज पारस शाह गाँजा खाँदै हिड्छन् तर उनकी श्रीमती हिमानी जो भारतीय चेली हुन्, उनी कति सहनशील छिन् ? भारतीय चेली कति असल हुन्छन् हिमानीलाई हेर्नुस्’, यादवले भने ।

उनले वैवाहिक अंगीकृत नागरिकता दिएका कारण राष्ट्रियतामा कुनै असर नपर्ने भन्दै मधेशका बुहारीका कारण कहिल्यै राष्ट्रघात नभएको दावी गरे ।

मधेशका युवायुवतीले नागरिकता लिन सास्ती व्यहोर्नुपरेको भन्दै सांसद यादवले नागरिकता सम्बन्धी कानून तत्काल ल्याउन माग गरे । जन्मको आधारमा नागरिकता प्राप्त गरेका बाबुआमाको सन्तान बालिग भएपछि वंशजको नागरिकता दिने प्रावधान संविधानमै रहेको भन्दै सांसद यादवले ३ वर्षभित्र बन्नुपर्ने कानून नबन्नु दुर्भाग्यपूर्ण रहेको बताए ।

‘नेपालमा नागरिकता नभएसम्म सिमकार्ड समेत लिन पाइदैन । बैंकमा खाता पनि खुल्दैन । आज हजारौं मधेशी युवायुवती नागरिकताविहीन छन् । यसमा राज्यको ध्यान पुगोस्’,यादवको भनाइ छ ।


प्रतिक्रिया

One thought on “जसपा सांसदले भने- भारतीय चेली सहनशील हुन्छन्, हिमानीलाई हेर्नुस् (भिडियो)

Leave a Reply to kashinath Mainali Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर