‘नोम्याडल्यान्ड’ले जित्यो बाफ्टा अवार्ड, क्लेइ झाओ सर्वोत्कृष्ट निर्देशक – Nepal Press

‘नोम्याडल्यान्ड’ले जित्यो बाफ्टा अवार्ड, क्लेइ झाओ सर्वोत्कृष्ट निर्देशक

लन्डन । प्रतिष्ठित बाफ्टा फिल्म अवार्डमा ‘नोम्याडल्यान्ड’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । सोमबार बिहान भएको ब्रिटिस एकेडेमी फर फिल्म एन्ड टेलिभिजन आर्ट्स (बाफ्टा)को ७४ औं संस्करणमा फ्रान्सिस म्याकडरम्यान्ड स्टारर फिल्म उत्कृष्ट भएको हो ।

नोम्याडल्यान्ड उत्कृष्ट फिल्मसहित चार विधामा सर्वोत्कृष्ट बन्यो । क्लेइ झाओ निर्देशित यो फिल्मलाई आगामी अस्करको दाबेदार फिल्मको रुपमा समेत हेरिएको छ ।

निर्देशक झाओ सोही फिल्मबाट सर्वोत्कृष्ट निर्देशक समेत घोषित भइन् ।

आउटस्ट्यान्डिङ ब्रिटिस फिल्मको अवार्ड चाहिँ ‘प्रमिसिङ योङ वुमन’ले जितेको छ । यो फिल्मले ओरजिनल स्क्रिनप्लेको अवार्ड पनि जित्यो ।

नोम्याडल्यान्ड अभिनेत्री फ्रान्सिस म्याकडरम्यान्डले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । द फादरबाट एन्थोनी हप्किन्सले अभिनेताको अवार्ड जिते । भर्चुअलरुपमा घोषणा गरिएको अवार्ड होस्टमा प्रियंका चोपडा र उनका पति निक जोनस थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर