टिकटक बनाउन कर्णाली पुलबाट ३ जनाले फाल हाने, १ जना बेपत्ता – Nepal Press

टिकटक बनाउन कर्णाली पुलबाट ३ जनाले फाल हाने, १ जना बेपत्ता

कैलाली । कैलालीको कर्णाली पुलबाट टिकटक बनाउन हाम फाल्दा १ जना बेपत्ता भएका छन् । शनिबार ३ जनाले नदिमा हाम फालेका थिए ।

ती मध्ये लम्कीचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन्। उनीसँगै नदीमा हाम फालेका लम्कीचुहा नगरपालिका वडा नम्बर १ का १८ वर्षीय लोकेश प्याकुरेल र १७ वर्षीय वीरेन्द्र सिंहलाई सकुशल उद्दार गरिएको थियो ।

प्याकुरेल घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । उनीहरू तिनै जना कक्षा १० मा अध्यनरत हुन् ।

टिकटक बनाउन भन्दै नदिमा हाम फालेको इलाका प्रहरी कार्यालय लम्कीमा प्रमुख प्रहरी निरीक्षक भरत शाहले जानकारी दिए । बेपत्ताको खोजी जारी राखेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर