गृह मन्त्रालयले भन्यो : राष्ट्रपतिबाट वितरित विभूषण नयाँ नक्शा आउनु अगाडिकै – Nepal Press

गृह मन्त्रालयले भन्यो : राष्ट्रपतिबाट वितरित विभूषण नयाँ नक्शा आउनु अगाडिकै

काठमाडौं । राष्ट्रपतिबाट वितरण भएको विभूषणहरुमा नेपालको नयाँ नक्शा प्रयोग नभएको भन्दै प्रश्न उठेपछि गृह मन्त्रालयले स्पष्टिकरण दिएको छ । विभूषणको घोषणा, तयारी र वितरणको प्रस्तावित समयमा रहेको नेपालको आधिकारिक नक्सा नै विभूषणहरुमा अंकित भएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार २०७६ सालको असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा भइ २०७७ साल वैशाख १ गते वितरणका लागि यी विभूषण तयार पारिएका थिए । कोभिड-१९ का कारण उक्त समयमा वितरण सम्भव नभएकाले हाल सुशोभन भएको मन्त्रालयले जनाएको छ ।

नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएपछि घोषणा भएको विभूषणमा सोही बमोजिमको नयाँ नक्सा अंकित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसको सुशोभन आगामी २०७८ वैशाख १ गते गरिने मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले जनाएका छन् ।


प्रतिक्रिया

One thought on “गृह मन्त्रालयले भन्यो : राष्ट्रपतिबाट वितरित विभूषण नयाँ नक्शा आउनु अगाडिकै

  1. पुरानो घोषणा अनुसार बितरण हुन नसकेपछि, नयां नक्सा जारी भैसकेपछि,नयां अनुसारकै तक्मा हुनुपर्ने हो,कर्मचारीलाई दोषी देखाईदिए भैहाल्छ नि !!

Leave a Reply to गोबिन्द Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर