पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति (पत्रसहित) – Nepal Press

पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति (पत्रसहित)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)को कारबाहीका कारण पदमुक्त भएका चार मन्त्रीलाई पुनर्नियुक्त गरेकी छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा टोपबहादुर रायमाझी,उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, सहरी विकासमन्त्रीमा प्रभु साह, र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशंकर चौधरीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्ति गरी कार्यभार तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए । उनीहरुलाई नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम नियुक्त गरिएको हो ।

उनीहरुको अपराह्न ५ बजे शीतलनिवासमा शपथग्रहण कार्यक्रम राखिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो।

प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरुलाई पुनर्नियुक्ति दिइएको हो।

६ महिनाभित्र उपचुनाव हुनुपर्ने भएकाले टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी त्यतिन्जेल मन्त्री हुन पाउँछन्। उपचुनावमा उनीहरु एमालेबाट उम्मेदवार बन्ने निश्चित नै छ।


प्रतिक्रिया

One thought on “पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति (पत्रसहित)

  1. यो देश मा अब के देख्न बांकी छ त्यो सबै देखिने भयो।🤣

Leave a Reply to Dil Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर