पत्रकारको नेता छान्ने चुनावः यस्तो छ चहलपहल (तस्वीरहरु) – Nepal Press

पत्रकारको नेता छान्ने चुनावः यस्तो छ चहलपहल (तस्वीरहरु)

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि देशैभरि मतदान जारी रहेको छ । केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति छनोट गर्न बिहान ९ बजेदेखि मतदान सुरु भएको हो ।

देशभरका १३ हजार १ सय ८० पत्रकारहरुले आजको चुनावमा भाग लिनेछन् । पहिलोपटक महासंघले प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नेतृत्व छान्न लागेको हो । अध्यक्ष पदका लागी विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्र बुढाथोकी प्रतिस्पर्धामा छन् ।

यसपाली पत्रकार महासंघमा कांग्रेस, माओवादी र माधव नेपाल निकट पत्रकारहरुसहित ११ वटा ससंगठनको गठवन्धन बनेका छ । सो गठवन्धनका अध्यक्ष उम्मेदवार विपुल हुन् । उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, समावेशी उपाध्यक्षमा उदय जीएम र महिला उपाध्यक्षमा बाला अधिकारी उम्मेदवार रहेका छन् । यस्तै रोशन पुरी महासचिवका उम्मेदवार हुन् ।

नेकपा एमाले निकट निर्मला शर्मा नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, समावेशी उपाध्यक्षमा अवधेश झा र महिला उपाध्यक्ष दाना केसी सुवेदी उम्मेदवार बनका छन् । यस्तै बालकृष्ण बस्नेत महासचिवको उम्मेदवार छन् । महासंघका केन्द्रीय पदाधिकारी र सदस्यलाई देशभरका सदस्यहरुले आ–आफ्नो मतदान केन्द्रबाट भोट हाल्न पाउने व्यवस्था मिलाइएको छ । आज बेलुकी चार बजेसम्म मतदान जारी रहनेछ ।

 

 

 

तस्वीर: विजय गजमेर


प्रतिक्रिया

One thought on “पत्रकारको नेता छान्ने चुनावः यस्तो छ चहलपहल (तस्वीरहरु)

  1. हाम्रो देस को विकास कसरी हुन्छ ? कसरि बन्छ भन्ने तिर कसैको ध्यान गएन|खाली कहाँ के बन्न लागेको छ कसले बनाएको छ भनेर तेस्को बिरोध गर्न जथाभाबी जे मनलाग्यो गालिगलोउ र बिभिन्न आच्छेप लगाएर बदनाम गर्ने काम चाही द्रू गति मा भएको छ |विकास हुने कुरा जसले गरेपनि हुन्छ |तेस्लाई सहयोग पो गर्नु पर्छ |सहयोग नगरेपनि बिरोध त नगर्नु नि |एस्तो हुदा कसरि देस विकास हुन्छ ?एउटा कुरा अचम्म लाग्छ |देस समाज को लागि एकपैसा सहयोग नगर्नेहरु नै उर्ली उर्ली जथाभाबी बोलेर हिडेका छन |उनीहरु यो देस को सर्बेसर्बा जस्तो गरेर बोल्छन |उनीहरुको बेबहार भन्नेहो भने अति तुइयेको छ |यिनीहरु अहिले बिभिन्न सामाजिक संजाल ले इन्तार्विउ लिदा हामी त के के न होउ भनेर हामीले जे बोलेनी हुन्छ जे गरेपनि हुन्छ भनेर अरुलाई मान्छेनै गनेको छैन |बिरोध गरेर देस बन्छ कि सहयोग गरेर देस बन्छ ?देस बिगार्नेहरू को जस्ता अतिनै बढ्यो एस्लाई खतम पार्न पत्त्रकार जगत नै लाग्नु पर्छ |येस्ताहरुलाई वास्ता नगरिकन हिड्ने हो भने यिनीहरु को देस बिगार्ने कुरा कसैले सुन्न पाउदैन |पत्त्रकार हरुले मिटिग बसेर अथवा बिगेप्ति निकालेर देस र समाजलाई राम्रो हुने कुरा मात्र प्रसारण गर्ने भनेर नियेम बनाएर अगि बढ्नु भयो भने देस को धेरै बिकिर्तिहरु हटाउन सक्छ |देस बनाउने र बिगार्ने उहाहरुको ठुलो हात हुन्छ |उहाहरु ले राम्रो कदम चल्ने हो भने देस भित्र को सबै बिकिर्तिहरु हटेर जान्छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर