चितवनमा बन्दै गरेको पुल भत्कियो – Nepal Press

चितवनमा बन्दै गरेको पुल भत्कियो

काठमाडौं- चितवनको त्रिशुलीनदीमाथि निर्माणाधीन पुल भत्किएको छ ।

देवघाट र तनहुँको ठिमुरा जोड्न त्रिशुलीमाथि बनिरहेको पुल बिहान भत्किएको स्थानीयले बताएका छन् । भुकम्पका कारण भत्किएको भनेर अनुमान गरिए पनि ठेकेदार र इन्जिनियरको कमजोरीका कारण घटना घटेको एक स्थानीय बताउँछन् ।

‘हामीले सडक विभाग र ठेकेदारलाई घच्घच्याइरहेका छौं । पहिल्यैदेखि प्रयास गर्यौं । ठेकेदार र इन्जिनियरको गल्तीको कारण पुल भत्किएको हो,’ ती स्थानीयले भने ।

सडक डिभिजन कार्यालय भरतपुरका डिभिजन इन्जिनियर कृष्णराज अधिकारीका अनुसार पुलको ८० मिटर भाग भत्किएको छ । ‘इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर पुल बनाएको थियो । तर, ढलान गरेको २१ दिनको दिनमा भत्कियो,’ अधिकारीले भने ।


प्रतिक्रिया

One thought on “चितवनमा बन्दै गरेको पुल भत्कियो

Leave a Reply to Manoj tamang Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर