माधव नेपाल पक्षधर विद्यार्थीद्वारा आयल निगम घेराउ (तस्बिरहरू) – Nepal Press
माधव नेपाल पक्षधर विद्यार्थीद्वारा आयल निगम घेराउ (तस्बिरहरू)
विजय गजमेर २०७७ चैत २३ गते १३:२८
२०७७ चैत २३ गते १३:२८

काठमाडौं । पेट्रेालियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको एक समूहले आज आयल निगम घेराउ गरेको छ ।

माधव नेपाल पक्षधर अनेरास्वियूको केन्द्रीय कमिटीद्वारा आयोजित घेराउ कार्यक्रममा विद्यार्थी नेताहरूले आयल निगमविरुद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनका क्रममा मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिएको थियो । प्रदर्शनकारीले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

माधव नेपाल पक्षधर अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामाले घेराउको नेतृत्व गरेका थिए ।

नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँले बढाएको छ ।